काठमाडौं,२८ साउन । रातीदेखि परिरहेको अविरल वर्षात्का कारण मौसममा खराबी आउँदा अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्।
विमानस्थलका अनुसार चीनबाट नेपाल आएका दुई जहाजहरु इएर चाईना र सिचुवान एयर चीनतर्फनै डाइभर्ट भएका छन् भने भारतबाट आएको एउटा जहाजपनि वनारसतर्फ डाइभर्ट भएको छ ।
विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ। विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रूटका तीन वटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन्।