Logo

पत्रकार सम्मेलनको सुरूमै एमाले अध्यक्ष ओली रिसाएपछि…



काठमाडौं,२८ साउन । नेकपा एमालेले आज समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिरहेको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिखित प्रेस वक्तव्य बाचन गरेपछि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखिरहेका छन् ।

आफ्नो धारणा राख्ने क्रममा पत्रकारको प्रश्न गराई नमिलेको भन्दै ओली सुरुआतमै रिसाएका छन् । हिमालयन टेलिभिजनका पत्रकारले सुन बरामद प्रकरणमा एमालेले सदन अवरुद्ध गर्नु राम्रो हो र भन्ने प्रश्नमा ओलीले पूर्वाग्रह साँधिएको भन्दै रिसाएका हुन् ।

‘पत्रकार साथीहरुको प्रश्नको शैली चिसै पानीले नुहाउने जस्ता छन् । अलि विरोधभाव नदेखाई प्रश्न गर्दा हुन्छ जस्तो लाग्छ’ हिमालय टेलिभिजनका पत्रकारको प्रश्नमा ओलीले भने ।

अहिले पनि एमालेको पत्रकार सम्मेलन जारी छ ।

एमालेले गत साउन तीन गते बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर हाल सदन अवरुद्ध गरिरहेको छ । आज त्यही प्रकरणमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको हो । file photo



प्रतिक्रिया दिनुहोस्