Logo

देश र जनताका लागि काम गर्ने थलो भएकाले संसद् अवरोध हुनै हुँदैन,गर्नै हुँदैनः केपी ओली



काठमाडौं,२८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक क्विन्टल सुन बरामद प्रकरणमा सत्तापक्षको संलग्नता रहेको स्प्रष्ट भएको दाबी गरेका छन् ।

आइतबार सुन बरामद प्रकरणमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो दल जहिल्येपनि सदन चलाउन तयार रहेको तर सत्तापक्षले चलाउन नचाहेको दाबी गरे ।

‘संसद् अवरोध हुनै हुँदैन,गर्नै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ । संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो,उनले भने,अहिलेको संसदको अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौं । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने’ ।

ओलीले चोरको खुट्टा काट् भन्दा उचाले जस्तै सरकार उच्चस्तरीय समितिको नाम सुन्दा तर्सने बताए उनले भने ‘चोरको खुट्टा काट् भन्दा उचाले जस्तै सरकार उच्चस्तरीय समितिको नाम सुन्दा तर्सन र नबनाउने भन्दैछन् । हामी सदन खुलाउन तयार छौँ तर सरकार हाम्रा कुरा सुन्त तयार छैन’, उनले भने, ‘सुन तस्करीमा सत्ताधारी नेतृत्वको संलग्नताको पुष्टि हुन्छ। यो माग पूरा नभएसम्म हामी निरन्तर दबाब बढाउने पक्षमा छौँ।’



प्रतिक्रिया दिनुहोस्