काठमाडौं, २८ श्रावण । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कामकारवाहीबारे कुरा उठेको छ।
आइतबार संघीय संसद भवनको ल्होत्से हलमा सुरू भएको बैठकमा कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि पार्टीको धारणा बनाउन बोलाइएको बैठकमा सांसदहरूले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका छन्।
बैठकमा बोल्दै सांसद् रामहरि खतिवडाले गृहमन्त्री श्रेष्ठले गृहमन्त्रीको पार ठिक नभएको बताएका छन्।
उनले भने, ‘अहिले गृहमन्त्रीको पारा भएन। हामी पनि सरकारमै छौं। तर पनि हामीलाई तर्साउन खोज्दैछन्।’
सांसद खतिवडाले गृहमन्त्री श्रेष्ठले पहिला कुरा सुनेर पक्राउ गर्नुपर्ने तर उनले बोली नै बन्द गराउन पक्राउ गरेको भन्दै विरोध जनाए।
file photo