Logo

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति जरुरी छ: शेखर कोइराला



काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नु जरुरी रहेको बताएका छन् ।

आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै कोइरालाले प्रतिपक्षी दल नेकपा एमालेले उठाउँदै आएको उच्चस्तरीय छानबिन समितिको पक्षमा आफुलाई उभ्याएका हुन् ।

उनले भने,“प्रचण्डजीको निजी सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सात दिन पहिले राजस्व अनुसन्धानको डिजी भएर जानुहुन्छ, सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस्,सीआईबीलाई किन दिनु पर्यो, हामी नै सक्षम छौँ छानिबन गर्न भन्नुभयो । त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ ।”



प्रतिक्रिया दिनुहोस्