Logo

सरकार हाम्रो मागप्रति गम्भीर हुनुपर्छ : लोकतान्त्रिक निर्माण व्यवसायी संघ अध्यक्ष कोइराला



काठमाडौं,२८ साउन । लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुमनाथ कोइरालाले आफूहरुको मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने,‘हामी निर्माण व्यवसायिहरू पूर्वाधारको काम गर्दै जान्छौं । नेपाल सरकारले टेण्डर आह्वान गर्छ । त्यही करारको सम्झौता गर्दै जाँदाखेरि हामीले सबैभन्दा ठूलो समस्या भनेको हामीले निर्माण गरिसकेको कामको भुक्तानी नपाएको समस्या हो । निर्माण व्यवसायीहरुमाथि काम नै नगर्ने भनेर आक्षेप लगाईएको छ । २ वर्षको काम चार वर्ष लगाएको भनेर आरोप लगाउने गरिएको छ । हामीले काम गर्दा गर्दैपनि काम गरेको भुक्तानी नपाएको कारणले कति दुःख पाएका छौं ? काम गर्दा भुक्तानी पाउँदैनौं भने । कस्तो दुःख भोगेको छौं ।’

उनले नेपाल निर्माण व्यवसायी महासंघले पटक–पटक पत्रकार सम्मेलन गरेर आफ्ना मागका बारेमा भनिसकेको सुनाए । उनले भने,‘हाम्रा ९ बुँदे माग छन् । त्यसमा मुख्य भनेको भुक्तानी पाउनुपर्यो भन्ने छ । अर्थमन्त्रीले पैसा दिने भन्नुभएको छ । उहाँले स्रोत सुनिश्चित गर्दैछौं भन्नुभएको छ । सडक, सिँचाई विभागलगायतले हामीले काम गरेका क्लाईन्टले यति रकम दिनुपर्ने छ भनेको छैन् । तर, हाम्रो हिसाबमा चार खर्ब बाँकी छ । काम गर्दागर्दै आधी भएको छ । बजेटको सुनिश्चितता् हेरेका छौं । नेपाल सरकारले बजेट सुनिश्चित् नभएकोमा काम गराउनुभएन ।’

उनले आफूहरुका जायज माग तत्काल पूरा हुनुपर्ने बताए । उनले भने,‘यो हड्ताल, बन्दको अवस्था अन्त्य गरौं । कहिलेसम्म दिने हो, बरु प्रो–डाटाको आधारमा सबैलाई एक/दुई वा तीन/चार महिनामा दिनेसक्ने हो, त्यहीअनुसार पैसा दिनुपर्यो । बैंकले हामीलाई कालोसूचीमा राख्छु भनेको छ । चेक बाउन्समा परेका छन् साथीहरू । सरकार हाम्रो मागप्रति गम्भीर हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्