Logo

अर्थतन्त्र,बैंकको ब्याजदर र बैंकिङ क्षेत्रको बारेमा गभर्नर र वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री महत



काठमाडौं,२८ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारीसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएका छन् ।

आइतबार साँझ साढे ५ बजे ब्याजदरको सम्बन्धमा छलफल गर्न भन्दै बोलाएका हुन् ।

अर्थमन्त्री महतले बैंकको ब्याजदर, समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाको बारेमा छलफल गर्न गभर्नर र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्