काठमाडौं, २८ साउन । जनमत पार्टीकी अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छिन्।
माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार वर्तमान सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै जनमतकी साह उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने भएकी हुन्।
साहको शपथ ग्रहण भोलि(सोमबार) बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने भएको छ।
साहको शपथ आजै हुने तयारी भएको थियो तर, प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट ढिलो आइपुगेका हुँदा उनको शपथ भोलिका लागि सरेको हो।