काठमाडौं, २८ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका नेताहरूलाईपनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको बताएका छन्।
आइतबार पार्टी पदाधिकार बैठकमा गृहमन्त्री श्रेष्ठले विभिन्न किषिमका भ्रष्टाचारका काण्डहरूमा आफ्नै पार्टीका नेताहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन प्रहरी संगठनलाई निर्देशन दिएको बताएका छन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालकै सल्लाहमा प्रहरी संगठनलाई निर्देशन दिएको बताउँदै भने,‘मैले प्रधानमन्त्रीकै सल्लाहमा प्रहरी अधिकृत अनुसन्धान प्रमुखलगायत सबै पक्षलाई बोलाएर कसैलाई आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिइसकेको छु।’
यस्तै, उनले भेप सुन प्रकरणमा पनि अनुसन्धान भइरहेको बताए। भने, ‘भेपको केसमा मुख्य मानिस कारबाहीको दायरामा ल्याउन अनुसन्धान र खोजी जारी छ। यहाँ सुन हो भनेर बेच्न लैजाने मात्रै भेटियो, यसका लगानीकर्ता भेटिएको छैनन्, अहिले नै समाचारलाई आधार मानेर धारणा बनाइहाल्ने अवस्था छैन।’
उनले थपे,‘यदि हाम्रै पार्टीका कोही नेताहरुलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छौँ, अनुसन्धान नगर्नु भनेका छैनौँ।’