काठमाडौं,२९ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको एक डाक्टर सक्कली परेपछि छाडेको छ ।
सिआइबीले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका रञ्जितकुमार यादवलाई सक्कली डाक्टर भएको पाइएपछि सोमबार छाडिएको हो।
प्रहरीका अनुसार मेडिकल काउन्सिलले पत्र पठाएपछि चौधरीलाई छोडिएको हो । महोत्तरीको पिपरा-८ घर भएका चौधरी बिहीबार पक्राउ परेका थिए।
प्रहरीले एउटै नाम गरेका दुई डाक्टर रहेकाले त्रुटी हुन पुगेको बताएको छ। प्रहरीले त्यही नाम गरेका नक्कली डाक्टरको खोजी गरिरहेको छ।