Logo

माधव नेपालको आग्रहः ललिता निवास प्रकरणमा छानबिन होस् मेरो भूमिका सहयोगी रहन्छ



काठमाडौं,२९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासको जग्गा प्रकरणमा आफ्नो कुनैपनि दोष नभएको प्रष्टीकरण दिएका छन् ।

युरोपका विभिन्न देशको भ्रमणमा गएर स्वेश फर्किएका नेपालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ललिता निवासको जग्गा प्रकरण आफुलाई अनावश्यकरुपमा मुछिएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् । पूर्प प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्यतथ्य छानबिन भए आफुले पूर्णरुपमा सहयोग गर्ने बताए ।

‘बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस्। त्यसमा मेरो तर्फबाट गर्नुपर्ने सहयोग हो, मेरो तर्फबाट सहयोगी भूमिका रहन्छ,’ अध्यक्ष नेपालले भने। प्रधानमन्त्री हुँदा आफूले असल मनसायले नेपाल सरकारको जग्गा, नेपाल सरकारको नाममा हुनुपर्दछु भनेर केही काम गरिएको उनको भनाइ छ।

‘कागजपत्र छैन भने पनि स्रेस्ता कायम गर्ने भनेर काम गरेको हुँ,’ उनले भने, ‘त्यो काम गर्दा सरकारी जग्गा र अन्य जग्गा कानूनसम्मत ढंगले छुट्याएर गर्ने भनिएको थियो। बाटोका सन्दर्भमा कसैलाई मुआब्जा र सट्टाभर्ना नगरिकन ७ रोपनीभन्दा बढी जग्गा सरकारको नाममा ल्याइएको थियो। तर त्यहाँ मोहीका जग्गा पनि आएको कुरा आएको छ।’

नेपालले आफु प्रधानमन्त्री हुँदा ललिता निवासको सरकारी जग्गा रहेको स्थानमा सरकारी आवस बनाउनका लागि व्यक्तिसँग साटफेर गर्ने नीतिगत निर्णय गरेका थिए । उक्त निर्णयपछि सरकारी जग्गा व्यक्तिका नाममा साटफेर गर्दा चलखेल भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर रहेको छ । नीतिगत निर्णय गर्नेलाई पनि छानबिन गर्न सर्वोच्च अदालतले साउन २१ गते आदेश दिएको थियो ।  file photo 



प्रतिक्रिया दिनुहोस्