Logo

कांग्रेस संसदीय दलको बैठक सुरू



काठमाडौं,२९ साउन । सत्तारुढ घटक दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थि ल्होत्से हलमा सुरु भएको हो । शुक्रबारदेखि जारी बैठक आज सक्ने तयारी रहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, सांसद सुनिल शर्मा पक्राउ प्रकरणदेखि एक क्विन्टल सुन तस्करीको छानबिनसम्मका कुरामा छलफल भइरहेको बताइएको छ ।

आइतबारसम्म संसदीय दलको बैठकमा ५० जना सांसदले आ(आफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सांसदले बोलेपछि नेतृत्वले जवाफ दिने तय छ ।

बैठकमा सांसदहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गठनको पक्षमा पार्टी उभिनुपर्ने भन्दै दबाब बढाइरहेका छन् । प्रमुख प्रतिपक्ष एमालेले उच्चस्तरीय समितिमार्फत् छानबिन हुनुपर्ने अडान राखेर सदन अवरोध गरिरहेका बेला कांग्रेसभित्र पनि उच्चस्तरीय समितिको पक्षमा बलियो मत देखिएको हो । आजको बैठकमा थप निर्णय हुने कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्