Logo

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ



काठमाडौं,२९ साउन । एक ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थायी घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका अनुसार उनले असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको पाइएपछि पक्राउ गरिएको हो ।

पीडित नाबालिगलाई उद्धार गरेर संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot