काठमाडौं, २९ साउन । मुस्ताङको कागखोलामा आएको बाढीले कागबेनी बजार क्षेत्रका ३१ घर बगाएको छ।
बारागुङ मिक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारमा आइतबार राति आएको कागखोलाको बाढीले ३१ घर, कागबेनी लोमान्थाङ जाने पक्कि पुल र काठेपुल, झोलुङ्गे पुल, २ वटा गाडी र ३ वटा विद्युतिय पोल बगाएको हो।
बजार क्षेत्र जलमग्न हुँदा स्थानीयहरूलाई कागबेनी-मुक्तिनाथ सडक खण्ड नजिक सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको प्रहरीले बताएको छ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएको छ।