Logo

संसद्मा आजपनि सत्तापक्ष र प्रतिपक्षको भाँडभैलो



काठमाडौं,२९ साउन । प्रतिनिधि सभामा आजपनि भाँडभैलो मच्चिएको छ ।

संसदको बैठक सुरुहुनासाथ सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई बोल्न समय दिएका थिए ।

सभामुखले समय दिएपछि बोलेका शर्माले आफुलाई वर्तमामन सरकारले आतंककारीको झल्को दिएर गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका थिए । शर्माले नैतिकताको आधारमा तत्काल गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

सांसद शर्माले बोलेपछि सभामुख घिमिरेले एमाले सांसद मानबिर राईलाई बोल्न समय दिएका थिए । एमाले सांसद राईले बोरिहँदा माओवादी केन्द्रका सांसदहरुले हो हल्ला गर्दै नियमापत्ति जनाएका थिए । सत्तापक्ष र प्रतिपक्षका दुबै सांसदहरुले हो हल्ला गरेपछि सदनमा भाँडभैलो मच्चिएको थियो ।



प्रतिक्रिया दिनुहोस्