Logo

सुन प्रकरण सीआईबीले छानबिन गरिरहेको छ, यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ : कांग्रेस



काठमाडौं, २९ साउन । नेपाली कांग्रेसले एक क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गरिरहेको र त्यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्ने बताएका छन्।

सोमबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक रमेश लेखकले एक क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको र त्यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे कांग्रेस गम्भीर भएको छ। अवैधरुपमा सुन बाहिरिनु चिन्ताजनक छ। यस्ता गैरकानुननी कार्य पूर्णरुपले निष्तेज र नियन्त्रण हुनुपर्छ। यस्ता प्रकृतिको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो लगायतले छानबिन गरिरहेका छन्। कांग्रेसले यस घटनाको गहिराइमा गएर अनुसन्धान गर्न आग्रह गरेको छ।’

लेखकले थपे, ‘हामीले सरकारलाई यो विषयमा सत्य तथ्य छानबिनका लागि स्वतन्त्र निष्पक्ष र गहिराइमा गई अभियोजन गर्न भनेका छौँ। अहिलेका लागि सीआईबीले छानबिन गरिरहेको छ। यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ। अहिले नै अर्को समितितिर जानु पर्छ भन्ने पक्षमा कांग्रेस छैन।’



प्रतिक्रिया दिनुहोस्