Logo

संसद बैठक आजपनि कार्यसूचीमा प्रवेश नै नगरि स्थगित्



काठमाडौं,२९ साउन । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको हो ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।

सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए । त्यसपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेपछि बैठक भाद्र ३ गते दिउँसो १ बजेसम्म स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्