Logo

एमाले संगठन विभागको सचिवमा रामेछापका ढुंगेल मनोनीत



काठमाडौं,२९ साउन । नेकपा एमोलको संगठन विभागको सचिवमा युवा नेता माधव ढुंगेल मनोनीत भएका छन् । सोमबार बसेको एमालेको सचिवालय बैठकले विभागअन्तर्गतको सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

ढुंगेल राष्ट्रिय युवा परिषद्का पूर्व उपाअध्यक्ष साथै अनेरास्ववियुका पूर्व अध्यक्षसमेत हुन् । ढुंगेल हाल एमालेको केन्द्रीय सदस्य रहेका छन् । ढुंगेल युवामाझ निक्कै लोकप्रिय मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot