काठमाडौं,३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ पत्रकार भैरव रिसाललाई जन्मदिनको शुभकामना दिन उनकै निवासमा पुगेका छन् ।
रिसालले ९६ औँ जन्मदिन मनाइरहँदा सोमबार ओली शुभकामना दिन निवास पुगेका हुन् ।
ओलीले रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गरेको भन्दै शुभकामना दिन जाँदा हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘त्यतिखेर अहिलेजस्तो सोसल मिडिया थिएन। समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो। भर्खरै सञ्चार माध्यमको विकास हुँदै थियो। पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गर्नु भयो’, ओलीले भनेका छन्, ‘आज उहाँको घर पुगेर ९६ औं जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरियो । उहिल्यै लिपुलेक कालापानी क्षेत्रमा उहाँ जनगणना टोलीमा पनि सामेल हुनुहुन्थ्यो। उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु।’