Logo

भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री दाहालले दिए समकक्षी मोदीलाई शुभकामना



काठमाडौं, ३० साउन । भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई एवं शुभकामना दिएका छन्।

मङ्गलबार प्रधानमन्त्री दाहालले समाजिक सञ्जालको माध्यमबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाई एवं शुभकामना दिएका हुन्।

उनले लेखेका छन्, ‘भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु।’

भारतले आज आफ्नो ७७औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot