Logo

सञ्चारकर्मी सरिता श्री ज्ञवाली जनमत पार्टीमा प्रवेश



काठमाडौं,३० साउन र सञ्चारकर्मी सरिता श्री ज्ञवाली सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् ।

पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान साथसाथैको सम्पादकसमेत रहेकी ज्ञवालीलाई मंगलबार राउतले जनमत पार्टीमा स्वागत गरेका हुन् । राउतले पार्टी प्रवेशकै अवसरमा ज्ञवालीलाई जनमत पार्टीको सदस्यता प्रदान गरेका छन् । ज्ञवाली ग्यालेक्सी फोर के टेलिभिजनमा आवद्ध रहेकी छन् ।

६ सीटसहित राष्ट्रिय पार्टी बनेको जनमत पार्टी मधेशकेन्द्रित भए पनि पछिल्लो समय अन्य क्षेत्रमासमेत आफ्नो सक्रियता बढाउँदै लगेको छ



प्रतिक्रिया दिनुहोस्