Logo

सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि राष्ट्रिय सभा बैठक सर्‍यो



काठमाडौं,३० साउन । राष्ट्रिय सभा बैठक सरेको छ । यसअघि भोलि दिउँसो १ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै भाद्र ५ गतेसम्म सरेको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतम आज एक सूचना जारी गर्दै सत्तापक्ष र प्रतिपक्ष दुबैको आग्रहमा बैठक सारेको जानकारी दिए ।

गौतमले जारी गरेका सूचनामा भनिएको छ, “राष्ट्रियसभाको बैठक उक्त दिन र समयमा नराख सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल भदौ ५ गते मङ्गलबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”



प्रतिक्रिया दिनुहोस्