काठमाडौं,३० साउन । साउनको ३ गते राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ब्रेक-सु मा सुन ल्याइएको सूचना पाएपछि छापा मारेको एक क्विन्टल सुन पगालिएको छ ।
राजस्वको टोलीसहित सीआइबीको समेत प्रत्येक्ष रोहबरमा आज टक्सार विभागमा गालिएको हो । टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम रहेको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ ।
तस्बिरहरु- मुकुन्द कालिकोटे: रिर्पोटस नेपाल