काठमाडौं,३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापामा रहेको गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणको छानबिन सुरु गर्ने बताएका छन् ।
मंगलबार सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् ।
केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।
उक्त प्रकरणमा एमाले अध्यक्ष ओलीसहितका नेताहरुको नाम मुछिने गर्दछ ।