काठमाडौं, ३० साउन । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धुम्बाराही पुगेका छन्।
अध्यक्ष नेपाल सभापित देउवा भेट्नका लागि मङ्गलबार बिहान देउवा निवास धुम्बाराही पुगेका थिए।
भेटमा अध्यक्ष नेपालले माओवादीले एकलौटी सरकार चलाइरहेको भन्दै देउवासँग असन्तुष्टी पोखेको स्रोतले बताएको छ। देउवालेपनि गृहमन्त्रीको कामकारवाहीलाई लिएर असन्तुष्टी जनाउँदै सो बारेमा आगामी गठबन्धनको बैठकमा छलफल गर्ने बताएको स्रोतले जनाएको छ।
भेटमा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखकपनि सहभागी रहेका थिए।
उनीहरूबीच झन्डै ३ घन्टा छलफल भएको बताइएको छ।