Logo

कञ्चनपुरमा वडाध्यक्ष कुट्ने ७ जना एमालेबाट निष्कासित



काठमाडौं,३० साउन । नेकपा एमाले कञ्चनपुरले राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा विवाद हुँदा असन्तुष्ट समूहले कुटपिट गर्दा वडाध्यक्ष घाइते भएपछि ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

उक्त कार्यकममा विवाद हुँदा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।

एमाले कञ्चनपुरकी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले आज विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संलग्न भएको पाइएपछि ७ जनालाई निष्कास गरेको बताएकी छन् । देवकोटामाथि सांघातिक आक्रमणका साथै पार्टी कार्यालयमा तोडफोड गरेको भन्दै रोकायासहित ७ जनालाई एमालेले निष्कासित गरेको जनाएको छ।

पार्टी सदस्य समेत नरहने गरी निष्कासनमा पर्नेहरुमा जिल्ला सदस्यहरु रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्द, प्रबिन बोगटी, रोहित कुँवर र नविन चन्द रहेका छन्।

नेकपा एमाले कञ्चनपुरको पदाधिकारी बैठकले सो सांघातिक हमला संलग्न देखिएका अन्य सदस्य र युवा संघको समानान्तर गतिविधिमा संलग्नलाई कारबाही गर्ने अधिकार कार्यबाहक अध्यक्ष लक्ष्मी बुढालाई दिएको छ।

पार्टी सचिवालय बैठकले यस घटनाको छानबिनका लागी कार्यदल समेत गठन गरेको छ ।

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यमा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्