काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार रास्वपाको बसुन्धारास्थित् पार्टी मुख्यालयमा भेटवार्ता भएको हो ।
भेटवार्तामा मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको र राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र त्यसका लागि यथाशीघ्र समाधानका पहल गरिने बताएको रास्वपाले जनाएको छ।
यस्तै, सभापति लामिछानेले रास्वपा ‘एक चीन नीति’ प्रति अडिग रहेकोसमेत बताएका थिए । भेटवार्तामा रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावललगायतको सहभागिता रहेको थियो।