काठमाडौं,३१ साउन । गत वर्षको साउन १९ गतेबाट रिक्त भएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा.घनश्याम भट्टराई नियुक्त भएका छन् ।
त्रिविको इतिहास विभागका प्रमुखसमेत रहका भट्टराईलाई बुधबार त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन् । सहकुलपति एवं शिक्ष विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले भट्टराईसहित ३ जनाको नाम सिफारिस गरेकोमा प्रधानमन्त्री प्रचण्डले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
त्रिवि सेवा आयोगमा पछिल्लो समय राजनीतिक भागबन्डाका आधारमा अध्यक्ष बनाउने परिपाटीका कारण लामो समयसम्म सेवा आयोग अध्यक्षविहीन बन्न पुगेको थियो ।
तत्कालीन अध्यक्ष लालुप्रसाद पौडेलको कार्यकाल गत वर्षको साउन १८ गते सकिएको थियो । त्यसपछि पनि अध्यक्ष नियुक्रि गर्ने प्रक्रिया सुरु गरेतापनि सफल भने भएन् । भट्टराई नेपाली कांग्रेसको कोटाबाट अध्यक्षमा नियुक्त भएका हुन् ।