Logo

गिरीबन्धु टी इस्टेट प्रकरणलगायतका भ्रष्टाचारमा खोजतलास जरूरी छ : मन्त्री शर्मा



काठमाडौं, ३१ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भ्रष्टाचारका सबै काण्डमा खोजतलास हुन जरूरी रहेको छ।

बुधबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले गिरीबन्धु टी इस्टेट प्रकरणलगायतका भ्रष्टाचारमा खोजतलास जरूरी रहेको बताएका हुन्।

उनले भने,‘गिरीबन्धु टी इस्टेट प्रकरणलगायतका अन्य थुप्रै भ्रष्टाचारसम्बन्धीका चर्चित काण्डहरू हामी सामु छन्, तीनमा कहाँ के बदमाशी भएको खोजतलास जरुरी छ। त्यो प्रक्रियामा अघि बढेका छौं, त्यो गर्छौं पनि। कुन- कति बेला हुन्छ अनुसन्धानले बताउँने कुरा हो, अनुसन्धाननबाट जुन प्रकरणमा बढी आधार खुल्छ त्यसैलाई पहिला अघि बढाउँछौं ’



प्रतिक्रिया दिनुहोस्