Logo

धरानमा गोरु काटेर भोज खुवाएको घटनाप्रति राप्रपाको आपत्ति,धार्मिक सद्‌भाव बिथोल्ने गतिविधि छानबिन गर्न सरकारसँग माग



काठमाडौं,३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक र घार्मिक सद्भाव बिथेल्ने गतिविधि बढिरहेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधान विपरीतका गतिविधिप्रति आपत्ति जनाउँदै छानबिन गर्न माग गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् उनले स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने भए पनि अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने,सामाजिक सद्भाव खल्बल्याउने,द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न नपाइने भन्दै यस्ता संविधान विपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका हुन् ।

धरानमा गोरु काटेर भोज खाँदै गरेको सार्वजनिक भिडियो सामग्रीमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक रहेको भन्दै उनले यस्ता धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् –‘आफ्नो रुचिको धर्म मान्न पाइन्छ । स्वेच्छाले आफ्नो निजी मान्यता बदल्न पनि पाइन्छ तर अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने–गराउने, सामाजिक सदभाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न पाइँदैन । संविधानले समेत यसलाई बर्जित गरेको छ। धरानमा गोरु काटेर भोज खाँदै गरेको भिडियो सामग्री सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । त्यसमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक छन् । यस्ता हर्कतहरु रोकिनुपर्छ, साथै धार्मिक सदभाव बिथोल्ने नियतबाट गरिएका यस्ता गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गरिनुपर्छ भन्नेमा स्पष्ट छौँ, नेपाल सरकार र प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot