काठमाडौं,३१ साउन । राष्ट्रिय मानव अधिकार आयोगले धनुषाकी आरती साहको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै काठमाडौंको माइतीघरमा अनशनरत पीडित परिवारको जीवन रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
मानव अधिकार आयोगका प्रवक्त एवं सहसचिव डा.टीकाराम पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै पीडित परिवारको जीवन रक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन् । ‘विगत लामो समयदेखि काठमाडौँस्थित माइतीघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनशनमा रहेका व्यक्तिहरुको मानवअधिकार अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको छ,’ । धनुषाकी आरती साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारबाही हुनुपर्ने माग राखी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरति रावल अनशन बसिरहेको, वर्षात्को समयमा निरन्तर अनशनमा बसेका कारण व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ,अनशनरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे छ । दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय हो ।’
धनुषाकी आरती साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारबाही हुनुपर्ने माग राखी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरति रावल अनशन बसिरहेका छन् । रावल कपिलबस्तु जिल्ला अदालतका पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमती हुन् । उनले आफ्ना । श्रीमानले बहुविवाह गरेको भन्दै मुद्दा दर्ता गरेपछि गिरी हाल निलम्बनमा रहेका छन् ।