काठमाडौं,३१ साउन । नेकपा एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागका प्रमुख तथा व्यवसायी मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई जेल हाल्ने काम गरेको बताएका छन् ।
बुधबार काठमाडौंमा एमालेको अर्थ विभागले आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान शीर्षकको छलफल कार्यक्रममा उनले सरकारले व्यवसायीलाई दुःख दिन थालेको बताए । उनले एमालेको सरकार हुँदा व्यवसायीलाई ज्वाइँजस्तो व्यवहार हुने दाबी गरे ।
उनले भने,‘उद्योगीलाई एमालेको सरकारले ज्वाइँजस्तो व्यवहार गर्थ्यो । यो सरकारले उद्योगी व्यवसायीलाई जेल हालिरहेको छ, फाइनान्सियल अपराध गर्नेलाई जेलमा हाल्ने काम गलत हो । त्यसो हो भने व्यवसायीहरूलाई राख्ने जेल अझै बनाउनुपर्छ’ ।