Logo

संसदलाई बन्धक बनाएर एमालेले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडायो: अर्थमन्त्री महत



काठमाडौं,३२ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदलाई बन्धक बनाएर प्रमुख प्रतिपक्षी दल एमालेले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् ।

बिहिबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सदनलाई बन्धक बनाएर एमालेले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको बताएका हुन् ।

उनले एमालेले अन्य पार्टी सत्तामा गएको देख्न नचाहेको बताए । ‘संसद ऐन, कानुन बनाउने थलो हो । धेरै कानुन बनाउनुपर्ने हुन्छ । त्यसमा सहयोग गर्नुको सट्टा एमालेले सदनलाई बिना औचित्य अवरोध गरिरहेको छ,’ अर्थमन्त्री महतले भने । file photo 



प्रतिक्रिया दिनुहोस्