काठमाडौं, ३२ साउन । टीकापुर घटनाका मुख्य दोषी भनि अदालतले किटान गरेको रेशम चौधरीको मुद्दाको फैसला हिजो (बुधबार) सार्वजनिक भएको छ । सार्वजनिक भएको फैसलामा रेशमलाई नै मुख्य दोषी करार गरिएको छ ।
उक्त मुद्दाको घटनास्थल प्रकृति मुचुल्कामा सुरक्षाको लागी खटिइएका सुरक्षाकर्मी आफ्नो ज्यान जोगाउन भाग्दा पनि नियोजित रुपमा घेरा हालेर मारिएको बताइएको छ ।
घटनास्थल प्रकृति मुचुल्कामा लाठी, भाला, बन्चराले हान्दै लखेटेको र अन्ततः ज्यूँदै जलाएकोसमेत खुलाइएको छ । सुरक्षाको लागि खटिइएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेलाई आन्दोलनकारीले घेरा हालेपछि उनी आफ्नो बचाउको लागि वीर बहादुर बडालको घर पछाडिको बाटोबाट भाग्न खोज्दा खोजेको घटना स्थल प्रकृति मुचुल्कामा भनिएको छ ।
आफ्नो बचाउका लागि भागेका न्यौपानेलाई उनीहरुले पछाडिबाट लाठी, भाला, बन्चराले हान्दै लखेटेको र का निज वीर बहादुर बडालाको पानी नल्का बारेको ईट्टा भत्काई प्रहरीलाई हिर्काएर घाईते बनाएका थिए ।
घाईते भएका प्रहरी वरिष्ठ उपरीक्षक न्यौपाने आफ्नो ज्यान जोगाउन सहिता वर्माको घर कोठाभित्र पस्दा उनीहरुले बाहिर तानी आगनमा ढुङ्गा, लाठी, भाला, खुकुरीले टाउँको, निधार अनुहार समेतमा प्रहार गरी मारेको घटना स्थल प्रकृति मुचुल्कामा भनिएको छ ।