Logo

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको चाँजोपाजो मिलाएर माओवादी केन्द्रका महासचिव गुरुङ स्वदेश फिर्ता



काठमाडौं,३२ साउन । चीन भ्रमणमा रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ स्वदेश फिर्ता भएका छन् ।

गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणको चाँजोपाजो मिलाउन चीन गएका गुरुङ आज तिब्बत एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्।

माओवादी उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा समावेश हुने सम्भावित एजेण्डाबारे छलफल गर्न उनलाई चीन पठाइएको हो। चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु र कूटनीतिक निकायमा छलफलपश्चात गुरुङ फर्किएका हुन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणपश्चात चीन भ्रमण गर्ने गरी तयारी थालेपनि अन्तिममा अमेरिकाबाट चीन भ्रमण हुनेगरी कार्यतालिका बनाएको छ। प्रचण्ड सेप्टेम्बर १६ (भदौ ३०) मा अमेरिका भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी त्यसदिन न्युयोर्क जाने भएका हुन्। प्रचण्ड सेप्टेम्बर २१ मा सम्बोधन गरेपछि सोही दिन चीन प्रस्थान गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्