Logo

प्रतिक्रियावादीले चलाएको हल्लाको पछि नलाग्न प्रचण्डको आग्रह



काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्यका लागि काम गरिरहेको बताएका छन् ।

२०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन र विकासको पक्षमा अघि बढिरहेको बताएका हुन् ।

‘ हामी सुशासन, सामाजिक न्याय र समृद्धिका कुरामा प्रतिवद्ध छौं, प्रतिक्रियावादीहरूले चलाएको बाहिरी हल्लाको पछि नलाग्न म तपाईंहरूलाई आग्रह गर्छु,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई सरकारमा रहेर जनताको मन जित्ने काम गर्नुबाहेक अरु कुनै चाहना नभएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot