काठमाडौं,३२ साउन । सार्वजनिक लेखा समितिको बैठक स्थगित् भएको छ । बिहीबारका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बैठक बहिष्कार गरेपछि बैठक बस्न आवश्यक गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
एमालेले समितिको अघिल्लो बैठकमै तत्काल समिति सभापति चयन प्रक्रिया अगाढि नबढाए अर्को बैठक बहिष्कार गर्ने चेतावनी दिएको थियो । आजको बैठकमा एमालेका कुनैपनि सांसद उपस्थित भएनन् ।
बेरुजु संपरिक्षण र विविध विषयमा समितिमा छलफल गर्ने विषयवस्तु राखिएको थियो । तर, २६ सदस्यमध्ये ९ जनामात्र बैठकमा उपस्थित भएका छन् । प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीको दफा १८२ मा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत सदस्य उपस्थित भएमात्र बैठक सञ्चालन हुने उल्लेख छ । आजको बैठकमा ९ जनामात्र उपस्थित भएका थिए ।
२६ सदस्यीय लेखा समितिमा गणपुरक संख्याका लासग १४ सदस्य आवश्यक पर्दछ । file photo