Logo

१ लाख घुससहित पक्राउ परेका सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,३२ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैँया नगद घुससहित पक्राउ परेका सडक डिभिजन कार्यालय लाहान सिराहका लेखा अधिकृत पद्म पोखरेलविरु४ विशेष अदालत काठमाडौंमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सडक डिभिजन लहान,सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा मिति २०८०।०३।२६ गते नियन्त्रणमा लिएकोमा आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले गरेको अनुसन्धानको क्रममा सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पोखरेलले सडकको निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १,००,००० घुस-रिसवत माग गरी लिएको पुष्टि हुन आएपछि पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्