Logo

राष्ट्रपति पौडेलसमक्ष बेलायत र भियतनामका राजदूतद्धारा ओहोदाको प्रमाणपत्र पेस



काठमाडौं,३२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

उनीहरूले बुधबार दिउँसो शीतलनिवास पुगी राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

नोट: यसअघि उल्लेखित समचारमा संयुक्त अधिराज्य बेलायत हुनपर्नेमा भूलवस अमेरिका भएकोमा संशोधनसहित सच्याईएको छ



प्रतिक्रिया दिनुहोस्