Logo

कांग्रेस कम्युनिष्टहरुको पुच्छर बन्योः स्वतन्त्र सांसद सिंह



काठमाडौं, ३२ साउन । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । आज (बिहीबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको बताए ।

उनले संसदीय समितिको सभापति चयन हुन नसकेको प्रति आक्रोश व्यक्त गर्दै सत्ता पक्ष र प्रतिपक्षको लडाईँले लोकतन्त्रमाथि नै आशंका उब्जिएको बताए ।

उनले माओवादी पहिलादेखिले संसद् विरोधी पार्टीको रुपमा स्थापित भएपनि सत्ता स्वार्थका लागि उक्त व्यवस्था स्वीकार गरिरहेको टिप्पणी गरे । कांग्रेस पनि कम्युनिष्टहरुको पुच्छर बनेको उनको आरोप छ । File Photo/RN 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot