काठमाडौं,३२ साउन । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सदस्य वामदेव गौतमले नेपालको भौगोलिक र भू-सहतको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बिहीबार संसद्को दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द गौतमले नेपालको भौगर्भिक र भू सतहको अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
उनले भने,‘आजसम्म कुनैपनि योजनाले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गरेको पाइएन । के हो स्थिति हाम्रो अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैन? भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा ध्यान गएको पाइएन । हाम्रो देशको भू–सतह निरन्तर चलायमान अवस्थामा छ । संसारमा सबभन्दा पछि विकसित भएको भू–सतह हो हाम्रो । अरु ठाउँका जतिपनि प्लेटहरु छन्, त्यसमाथि जमिन छ । उनीहरु ५÷६ अर्ब पहिले विकसित भएका छन् र हाम्रो देशको साढे ५ करोड वर्ष पहिलेको हो । यो भूकम्पको अवस्थामा पनि छ । यसलाई राम्ररी अध्ययन नगरीकन हामीले हाम्रो देशको पहाडको, ढुंगाको, माटोको प्रयोग ग¥यौँ भने हामी निरन्तर असफल हुँदै जान्छौँ । जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आउँछ । यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ । छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो’ ।