काठमाडौं,३२ साउन । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सिटिजन्स बैंकमा जागिर खाने थप एक व्यक्रि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को टोलीले आज बैकका कर्मचारी दलबहादुर पुनलाई पक्राउ गरेको हो । पुनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बैकमा जागिर खाएको सीआइबीको दाबी छ ।
यस प्रकरणमा पक्राउ पर्ने पुन ७औं व्यक्त हुन् । यसअघि सिटिजन्स बैककै ६ जना कर्मचारीहरु पक्राउ परिसकेका छन् । यसरी पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेका छन् ।