काठमाडौं, ३२ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी जिल्लाहरुमा विमानस्थल अप्रेसन आवरपछि पनि उडान अनुमति दिने भएको छ । प्राधिकरणले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै अपरेसन आवरपछि पनि निश्चित मापदण्ड पालना गरेर उडान अनुमति दिने जनाएको हो ।
गत साउन १६ गतेदेखि प्रधिकरणले पहाडी जिल्लाहरुमा अपरेसन आवर लागू गरेको थियो । जसअनुसार असार, साउन र भदौ तीन महिनासम्म ती पहाडी जिल्लाहरुमा विहान ६ः३० बजेदेखि दिउँसो १२ बजेसम्मको लागिमात्रै उडान अनुमति दिइएको थियो ।
कर्णाली प्रदेशका जिल्लाहरुमा विहानदेखि १२ बजेसम्म मौस खराब नै रहने कारण लामो समयदेखि उडान प्रभावित भएको थियो । कर्णालीको उक्त जिल्लाहरुमा जाहजको पर्खाइमा एक महिनामा चार बालकालिकाले ज्यान गुमाएका थिए ।
हिजो (बुधबार) संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा कर्णालीका सांसद्हरु डेलिगेसन गएपछि प्राधिकरण आफ्नो निर्णयबाट ब्याक हटेको हो । डेलिगेसन गएका सांसद् र स्थानीयहरुले मन्त्रालयमै हल्ला गरेर विरोध जनाएका थिए । उनीहरुलाई मन्त्री सुदन किरातीले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्राधिकरणले विमान उडानका सम्बन्धमा आज निम्न निर्णय गरेको छः