Logo

जेलमा रहेका रायमाझीलाई माओवादीको सहानुभूति, एमालेद्वारा बेवास्ता



काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी यतिबेला कारागारमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जीवन विताइरहेका रायमाझी एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन् ।

रायमाझी लामो समयदेखि जेलमा भएपनि उनलाई भेट्न एमालेका कोही नेता पुगेका छैनन् । रायमाझीलाई भेट्न आफन्त र केही माओवादीका नेताहरु कारागार पुग्ने गरेका छन् ।

केही समयअघि मात्रै माओवादी नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले केन्द्रीय कारागार सुन्धारा पुगेर रायमाझीसँग भेट गरेका थिए । रायमाझी पूर्व माओवादी नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्