Logo

चीन भ्रमणका बेला ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुने विश्वास छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,१ भदौ । प्रधानमन्त्री पुष्पमल दाहाल (प्रचण्ड)ले आफ्नो अर्को महिना हुने चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने ‘हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे-केरूङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत् जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौं। मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु,’ ।

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाँदै छन्। उनी न्युयोर्कबाट असोज ४ गते चीनको भ्रमणमा जाने तय भएको छ।



प्रतिक्रिया दिनुहोस्