Logo

शंकर पोखरेलको दाबीः एमाले सत्तामा नहुँदा जनतामा चरम निराशा थपियो



काठमाडौं,१ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकारमा नहुँदा जनतामा चरम निराशाको अवस्था सिर्जना भएको दाबी गरेका छन् ।

शुक्रबार वीरगञ्जमा आयोजित प्रेस चौतारी नेपालको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । उनले मुलुक राजनीतक अस्थितरता एवं अराजकताको चुनौतीबाट गुज्रिनु परेकोसमेत दाबी गरेका छन् ।

महासचिव पोखरेलले जनताको मुख्य रोजाईको पार्टी राष्ट्र सञ्चालनको मुख्य जिम्मेवारीबाट बाहिर रहँदा जनतामा निराशाको अर्को चुनौती पनि थपिएको बताए । त्यसले सामाजिक अरजाकताको अवस्था निर्माण गरेको उनको भनाइ छ । ०७४ को जनादेश विपरीत परमादेशबाट नयाँ सरकार गठन गर्ने कामले राज्यका संरचनाहरु कमजोर भएको उनको आशय छ ।

‘अदालत अदालत जस्तो रहेन, संसद संसद जस्तो रहेन’, उनले भने, ‘राज्यका सबै अंगहरु कमजोर भएका छन् । सरकार राष्ट्र जनताको हितमा काम गर्न नसक्ने गरी निरीह भएको छ ।’  file photo



प्रतिक्रिया दिनुहोस्