Logo

कोका–कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना



काठमाडौं, १ भदौ । कोका–कोला युथ डाइलग इभेन्ट सम्पन्न भएको छ । युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको हो । ग्लोकल प्रा. लि. ले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका थिए ।

कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा तीन प्यानेलिस्टहरू सीईओ÷को–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौं हबकी सृष्टि वैद्य र कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर, कोका–कोला बेभरेज नेपालकी स्नेहा श्रेष्ठको सहभागिता थियो ।

यस कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तिकरण र संलग्न गराउने महत्वलाई जोड दिएको थियो । उक्त कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीहरू सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्