Logo

असोज १५ गते हाजिर हुन प्रचण्ड–बाबुरामलाई अदालतको आदेश



काठमाडौं, १ भदौ । युद्धको क्रममा माओवादी सेनामा बालबालिकाको प्रयोग गरिएको आरोपमा पूर्व बालसेना लेलिन विष्टले दायर गरेको रिटमा साउन १५ गते हाजिर हुन भनिएको छ ।

विष्टले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यस अघि सर्वोच्च अदालतले भट्टराई र दाहाललाई मुद्दाको विषयमा लिखित जवाफ पेश गर्न भनेको थियो । हिजो (साउन ३२ गते) सर्वोच्चमा लिखित जवाफ बुझाएको भट्टराई र दाहाललाई आगामी असोज १५ गते अदालतमा उपस्थित हुन भनिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्