काठमाडौं,१ भदौं । कोशी प्रदेश सभा बैठक जारी छ । झण्डै एक महिनापछि आज बसको बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद केदार कार्कीले प्रदेश सरकार सर्वोच्च अदालत र काठमाडौंमा मात्र भेटिने गरेको आरोप लगाएका छन् ।
कोसी प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै कार्कीले डेंगी, लम्पीस्किन तथा राजनीतिक परिस्थिति जटिल बनेको अवस्थामा प्रदेश सरकारको उपस्थिति जनताले देख्न नपाएको बताए ।
उनले भने, “सरकारको उपस्थिति सर्वोच्च अदालतमा छ । केन्द्रीय नेताकोमा छ । संसदहरूलाई बदनाम गराउन चुल्हो वितरणको काम हुन्छ । सभालाई समेत नियमित चलाउन सकिएको छैन । संसद् नै नबसेपछि सरकार छाडा भइहाल्छ नी । प्रदेश बजेट होलिडेको अवस्थामा जाने अवस्थामा पुगिसकेको छ ।”