Logo

जंगली च्याउ खाँदा दाङमा आमा-छोरीको मृत्यु



काठमाडौं,१ भदौ । जंगली च्याउ खाँदा दाङमा दुइ जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका दाङको बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा मुत्यु भएको हो ।

च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार निधन भएको प्रहरीले जनाएको छ ।

११ वर्षीया छोरी अस्मिता सुनारको बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्